‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’

‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’

‘म आनन्दको व्यापार गरिरहेको छु’ ३३ वर्षिया आन्तरेस अजीवीले भनिन्। उनले यसाे भनिरहँदा उनी महिला र पुरुषको सेक्स टोए (यौन खेलौना) अगाडि उभिइरहेकी थिइन्।

अफ्रिकी देश बेनिनको कोटोनोउ शहरमा उनको ‘सेक्स सप’ छ, जहाँ धर्म र परम्परालाई अझै शक्तिशाली कानुनको रुपमा लिने गरिन्छ। ‘यौनिकतालाई अझै अफ्रिकी समाजमा नकरात्मक रुपमा हेर्ने गरिन्छ, हामीलाई कुनै स्वतन्त्रता छैन’ अजीवी भन्छिन्, ‘महिलाहरु आफ्नो यौनिकता व्यक्त गर्न सक्दैनन्। कोटोनाउमा च झनै अवस्था नाजुक छ।’

जटिल समाजमा धर्म र परम्परा विपरित ‘सेक्स टोए’ पसल खोलेकी अजीवीले यतिबेला समाजको अपहेलना र आलोचना खेपिरहेकी छन्। तर हिम्मतका साथ अजीवीजस्तै अन्य महिलाहरुले समेत बेनिनमा ‘सेक्स सप’ खोलेका छन्। त्यस देशमा यतिबेला केही ‘अनलाइन सेक्स सप’ संचालनमा छन्। महिलाहरुले खुला रुपमा ब्रा तथा पेन्टी बेच्दा समेत त्यहाँ घृणाको दृष्टिले हेर्ने गरिएको उनी बताउँछिन्।

अजीवीले सन् २०१३ मा ‘सेक्स सप’ संचालनमा ल्याएकी हुन्। उनको पसलमा विभिन्न किसिमका सेक्स टोएदेखि भित्री लुगाहरु पाइन्छन्। उनी सेक्स टोए, अण्डर वेयर, ब्राजस्ता सामाग्री बेचेरमात्र खुशी हुन सकेकी छैनन्, यौन मनोविज्ञानका अभ्यास पनि गराउन चाहेकी छन्। त्यसैले, उनले यतिबेला विभिन्न वर्कसपहरु समेत संचालन गरेकी छन्। बितेको वर्षमा उनले सयौँ जोडीलाई यौन मनोविज्ञानसम्बन्धी परामर्श दिइन्।

बेनिनजस्तो देशमा ‘सेक्स सप’ खोल्नु अनौठो र साहसी विषय थियो। जब उनले यौन खेलौना बेचिने पसल संचालनमा ल्याइन्, उनलाई स्थानीय एक रेडियोले महिला यौन आनन्द तथा सेक्स टोएबारे बोल्न लगाएको थियो। जब उनले आफ्नो धारणा राखिन्, त्यसपछि उनको आलोचना सुरु भयो। आलोचकहरुले उनको सामाजिक सञ्जालमा विभिन्न नकरात्मक प्रतिक्रिया दिन थाले।

‘तिमी के कुरा गर्दैछौ? यौन कार्यको सिर्जना भगवानले गरेका हुन्। यसमा खेलौनाको कुरा कहाँबाट आयो?’ यस्ता प्रश्न उनीमाथि बर्षिन थाले।

उनको ‘सेस्क सप स्टोर’ को पेज सामाजिक सञ्जालबाट हटाइयो पनि। तर समाजले जति आलोचना र अपहेलना गरे पनि उनले आफ्नो कार्यलाई निरन्तर रुपमा अघि बढाइन्। ‘जत्तिनै आलोचना भइरहे पनि मेरा ग्राहक दिनदिनै बढिरहेका छन्’ उनले भनिन्, ‘म कहाँ सेक्स टाेए र परामर्श लिन अाउनेमा करिब ७० प्रतिशत एकल महिला छन्।’

महिला शिक्षा, यौनिकता र अफ्रिकी स्वास्थका लागि काम गरिरहेका त्री रोग विशेषज्ञ भेरोनिक तोग्निफोद भन्छन्, ‘बेनिनमा यतिबेला महिलाहरुमा यौनिकताबारे अवधारण परिवर्तन भएका छन्। उनीहरुमा चेतनाको विकास भएको छ। त्यसैले उनीहरु आफ्नो समस्या खुलेर भन्न सक्छन्।’

उनले अजीवीजस्ता महिलाका कारण बेनिन विस्तारै परिवर्तन हुँदै गएको बताए। चार वर्ष अघिदेखिमात्र आफूले विद्यालयहरुमा यौनका बारेमा बोल्न थालेको बताएका तोग्नीफोदले भने, ‘यौनिकताबारे जनचेतना फैलाउने उदेश्य हो, यौनिकता गलत होइन भन्ने समाजले बुझ्नुपर्छ।’

तोग्निफोदले यौनिकतामा यौन आनन्दको विषय महत्वपूर्ण हुने बताए। ‘त्यसैकारण यौन शिक्षाको महत्व आफ्नो देशमा बढेको छ’ उनले थपे, ‘समाज खुला भए यौन राेग, हस्तमैथुनबारेमा खुलेर भन्न सकिन्छ।’

बेनिनका स्वास्थ्यकर्मीहरुले यस सम्बन्धमा एक अनुसन्धान समेत गरेका थिए। ५ सय युवा-युवतीबीच उक्त अनुसन्धान गरिएको थियो। त्यसक्रममा उनीहरुले बच्चा पाउनका लागि मात्र यौन सम्पर्क नगर्ने धारणा राखेका थिए। अधिकांश युवाले यौनसम्पर्क सन्तुष्टिका लागि गर्ने गरेको बताएका थिए। अधिकांस युवतीले प्रेमस्वरुप यौनसम्पर्क गरेको बताएका थिए।

यतिबेला बेनिनको समाज खुला हुँदैछ, जसका कारण मानिसहरु खुलेर यौनका बारेमा कुरा गर्न थालेका छन्। सामाजिक सञ्जाल तथा इन्टरनेटले समेत समाजको पुरानो संस्कार परिवर्तन गरिरहेको तोग्निफोद बताउँछन्।

‘सेक्स सप’ संचालन गरिरहेकी अजीवीले महिलाहरु ‘सेक्स टोए’ माग्न लजाउने बताइन्। ‘जब उनीहरु पसल आउँछन्, उनीहरु अन्य सामाग्री हेरेजस्तै गर्छन्’ उनी भन्छिन्, ‘उनीहरुको भावना बुझेर आफैँले प्रश्न गरेपछि उनीहरु खुल्ने गर्छन्।’

अजीवीले महिला तथा पुरुषमा हुने यौन चाहना आफ्ना श्रीमती अथवा प्रेमीलाई भन्नुपर्ने धारणा राख्छिन्। उनले भनिन्, ‘जति खुल्छौ, त्यत्ति नै यौन चाहना पूरा हुन्छ।’ वास्तवमा आफ्ना ग्राहकहरुलाई यस्तै कुरा सिकाउने गर्छिन्।

‘म मेरा ग्राहकहरुलाई भन्ने गर्छु, हामीले समाजको कुसंस्कार भन्दामाथि उठ्नुपर्छ, महिलाहरु अलि बढी यस्ता विषयमा लजाउँछन्’ उनी भन्छिन्, ‘हाम्रा पुर्खाहरुले यौनिकतालाई सहज रुपमा लिन्थे, हामी पनि समय अनुसार बदलिनुपर्छ।’ सिएनएनबाट

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij