बुटवल: बुटवल जेसिजको आगामी वर्षकालागि शुक्रबार भएको अधिवेशनबाट अध्यक्ष पदमा नरदेव न्यौपाने विजयी भएका छन् ।
वर्ष सन् २०१९ को नेतृत्वकालागि भएको अधिवेशनमा न्यौपाने सहित राजेन्द्रबहादुर जिसी र विजय वर्णवालले प्रतिस्पर्धा गरेका थिए ।
नेतृत्वका लागि भएको निर्वाचनमा विजेता न्यौपानलेले ३९ मत प्राप्त गरेका थिए भने उपविजेता राजेन्द्रबहादुर जिसीले १६ मत प्राप्त गरेका थिए ।
त्यस्तै अर्का आकांक्षि विजय वर्णवालले १ मत प्राप्त गरेका थिए ।
अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्षमा चन्द्रमणी भुसाल र उत्तम पोखरेल, उपाध्यक्षमा अमृत पाण्डे, विनोद घिमिरे, रमेश अर्याल र कृष्ण डुम्रे सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सहसचिवमा आविश्कार खनाल र सहकोषाध्यक्षमा गोपाल न्यौपाने सर्वसम्मत भएकाे निर्वाचन आयुक्त तथा बुटवल जेसिजका पूर्व अध्यक्ष राजु पौडेलले जानकारी दिए । जेसीजको बिधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले मनोनित गर्ने व्यबस्था छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्