तनहुँ : चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २ ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १० वर्षीय बालक अमृत गुरूङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
साँझ ७ बजेतिर बेलुकीकाे खाना खाएर हात चुठ्ने क्रममा चितुवाले बालकमाथि अाक्रमण गरेकाे अमृतका बुबा माईला गुरूङले बताए ।
बालककाे उपचारकाे क्रममा डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा ज्यान गएकाे हाे ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् । गएकाे कार्तिक २९ गते भानु नगरपालिका– ४ की ४ वर्षीय रन्जिता लम्सालकाे चितुवाकाे अाक्रमणबाट ज्यान गएकाे थियाे ।
त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाकाे खाेजी गरे पनि फेला नपरेपछि छाेडेकाे थियाे ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्