JanataToday.com

Advertisment

SKIP THIS

सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

बुटवल : रुपन्देहीबासीकै ड्रिम प्रोजेक्ट मानिएको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण प्रकृया अगाडि बढेको छ ।

करिब ५ अर्बको लागतमा एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा सो आयोजना कास्कीको माछापुच्छ्रे गाँउपालिका २ को भराभुरी भन्ने स्थानमा बन्ने भएको हो ।

आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको मात्रृ संस्था भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए ।

पोखरेलले भने—‘जलश्रोतको अपार भण्डार , प्राकृतिक सम्पदाको मुहान सहित पर्यटकिय सौन्र्दयताले भरपूर नेपाल गरिब छैन,हामी धनी बनाएर सबैलाइ आर्थिक समृद्धिसंग जोड्न चाहन्छौं ।’

नमूना आयोजनाका रुपमा अघि बढाउंदै निश्चित समयभित्रै सम्पन्न गर्ने कार्ययोजना र अनावश्यक हुने खर्चको कटौती र नियन्त्रण गर्दै कमिशनलाई निरुत्साहित गर्ने पोखरेलले प्रतिबद्धता जनाए ।

भिजन लुम्बिनी अन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजनालाइ रुपन्देहीकै गौरवको रुपमा विकास गरिने जनाएको छ ।

आयोजनाको तत्तकालै निर्माण आरम्भ गरिने छ । आयोजनाको मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत् खरीद सम्झौता समेत भैसकेको छ ।

सम्झौता अनुसार आयोजनाबट उत्पादित विद्युत् बर्षायाको ६ महिना प्रतियुनिट चार रुपैया ८० पैसा र हिउदको ६ महिना मा प्रतियुनिट आठ रुपैया ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।

प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले पिपिएमा हस्ताक्षर सहित सम्झौता गरेको आयोजनाका इन्जिनियर लेखनाथ पाण्डेले बताए ।

आयोजनामा स्थानीयबासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीका प्राबिधिक इन्चार्ज रतनलाल अग्रवालले बताए ।

आयोजनाको ३० प्रतिशत स्वपूजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपूजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने उर्जा कम्पनीले जनाएको छ ।

बुटवलमा २०७५ सालमा स्थापित भिजन लुम्बिनीले शिक्षा,स्वास्थ्य, ब्यापार ब्यबसाय,अर्थ,कृषि,संचार, पर्यटन तथा उर्जामा फरकफरक आयोजना संचालन गर्ने दीगो लक्ष्य रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजनाका तर्फबाट ज्ञानेन्द्र कसजु,गोपाल बहादुर पोखरेल,बालकृष्ण चापागाइ,मनोज भट्टराइ लगायतले बोल्दै रुपन्देहीकै ठूलो आयोजना निर्धारित समयभन्दा चाडै र नमुना बनाउनुपर्ने बताए ।

यसअघि साउन १७ गते पोखराको माछापुच्छ«े गाउपालिकासंग आयोजनाको १४ बुदे सहमति भैसकेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij