विवादित आइएनजीओ युपीएफले प्रधानमन्त्रीलाई सुशासन कायम गरेको भन्दै सम्मान गर्ने

विवादित आइएनजीओ युपीएफले प्रधानमन्त्रीलाई सुशासन कायम गरेको भन्दै सम्मान गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवादित आइएनजीओ युनिफिकेसन एशिया प्यासिफिक समिटमा सुशासन कायम गरेको भन्दै पुरस्कृत गरिने भएको छ।

ओलीलाई आयोजक संस्था युनिभर्सल पिस फेडेरेसनले ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गर्ने भएको हो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीले अवार्ड पाइसकेपछि कार्यक्रमलाई छोटो सम्वोधन गर्ने कार्यक्रम समेत तय गरिएको पुष्टि गरे ।

यसअघि ओली पत्नीसहित आशिर्वाद लिने कार्यक्रममा सहभागी हुने भनिएपनि आलोचना भएपछि सो कार्यक्रममा ओली सहभागी नहुने भएका छन् ।

आयोजक संस्थाले प्रधानमन्त्री र उनकी पत्नी राधिकालाई निमन्त्रणा दिएको र उनीहरु सहभागी हुने कार्यक्रम तालिका समेत सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij