JanataToday.com

Advertisment

SKIP THIS

जथाभावी नदीजन्य पदार्थको चोरी तथा निकासी

जथाभावी नदीजन्य पदार्थको चोरी तथा निकासी

बुटवल । प्रदेश नं ५ का विभिन्न नदी तथा खोलाबाट जथाभावी रुपमा नदीजन्य पदार्थको चोरी तथा निकासी हुन थालेकामा प्रदेशसभाका सदस्यले चिन्ता व्यक्त गरेका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिको आज बसेको बैठकले अवैध रुपमा भएको नदीजन्य पदार्थको चोरी तथा निकासीलाई नियन्त्रण गर्न आवश्यक भएको भन्दै नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लाई संशोधन गरी लागू गर्न आग्रह गरेको छ ।

अर्थ, उद्योग तथा पर्यटन समितिका अध्यक्ष दधिराम न्यौपानेले नदीजन्य पदार्थ सबै ठाउँमा देखिएको उल्लेख गर्दै त्यसबाट सरकारलाई कति राजश्व आएको बताए। उनले यस वर्षको गत असोजदेखि नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लागू हुने भनिएप नि कार्यविधि पूर्ण नभएकाले लागू नभएको उल्लेख गर्दै सबै ठाउँको सडक सडकमा नदीजन्य पदार्थ आएको बताए ।

सभापति न्यौपानेले सो सम्बन्धमा प्रदेश नं ५ का अर्थ, उद्योग तथा पर्यटनमन्त्रीलाई बैठकमा आमन्त्रण गरेर विस्तृत छलफल हुने जानकारी दिए । समितिका सदस्य तुल्सी चौधरीले स्थानीय तहका लागि नदीजन्य पदार्थ केही खुकुलो बनाए पनि ठेकेदारका लागि नदीजन्य पदार्थ ढुवानी तथा निकासीमा कडाइ गर्नुपर्नेमा जोड दिँदै प्रदेशसभा मातहतको अनुगमन समिति आवश्यक भएको बताए ।

समिति सदस्य थानकुमारी थापाले नदीजन्य पदार्थ नेपालबाट भारत गएको देखिएको उल्लेख गर्दै यसको व्यवस्थापन आवश्यक भएको बताइन् । समिति सदस्य सुनिता ठठेरले मर्चवार क्षेत्रको नदीबाट नदीजन्य पदार्थ भारत निकासी गरेको जानकारी दिँदै यसको नियन्त्रण जरुरी भएको बताइन् ।

समिति सदस्य डा कृष्ण न्यौपानेले नदीजन्य पदाथको दुरुपयोग र राजश्वमा चुहावट नहुने गरी कार्यविधि निर्माण आवश्यक भएकोमा जोड दिँदै नदीजन्य पदार्थ निकालेर त्यसलाई डम्पिङ गर्दा महङ्गो हुन गएको बताए । समितिका सदस्य तुलाराम घर्तीमगरले नदीजन्य पदार्थको संरक्षण सबैको चासोको विषय भएको बताए ।

रुपन्देही, नवलपरासी, बाँके, दाङ, कपिलवस्तु, पाल्पालगायतका जिल्लाबाट नदीजन्य पदार्थको दोहन बढी मात्रामा भएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij