बुटवल । नेपाल मगर संघ तिलोत्तमा नगर समितिको दोश्रो अधिवेशन नेतृत्व चयन गर्दै आइतबार सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका कोटिहवामा दुई दिनसम्म चलेको संघको अधिवेशनले प्रेम बहादुर थापा मगर लाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । दोश्रो कार्यकालका लागि निर्वाचित थापाको नेतृत्वमा १७ सदस्य कार्यसमिति चयन गरिएको हो ।
जस्को उपाध्यक्षमा लिलमाया राना, सचिवमा टिकाराम पुनमगर, सहसचिवमा प्रेम बहादुर कनौजे मगर र कोषाध्यक्षमा कृष्ण सारु मगर चयन भए । त्यसैगरी सदस्यहरुमा खीम बहादुर खड्का मगर, बल बहादुर रानामगर, सन बहादुर सोमईमगर, लालसुवा थापा, विष्णुदेवी वीरकट्टा मगर, दिल कुमारी थापा, गोमनसिङ्ग रास्कोटी, शिवा थापा, खेमनसिङ्ग सारु, भीमसेन राना, तारा बहादुर राना र खड्गमिलन राना रहेका छन् ।
दोश्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष थापाले मगर समुदायको सामाजिक, सास्कृतिक, आर्थिक र राजनैतिक उत्थान र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए।
युवाहरुका लागि आर्थिक अभियान, रोजगारी सिर्जना र आत्मनिर्भर जस्ता विषयलाई ध्यानमा राखेर काम गर्ने समेत उनले बताए।
निर्वाचित पदाधिकारीहरुलाई नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर वीरकट्टा, संघका रुपन्देही अध्यक्ष गीता सारु, फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, अधिवक्ता कमला बहिक लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्