काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान भर्ना भएका हुन् ।
लामिछाने मानविकी संकाय अन्तर्गतको बीएसडब्लुमा भर्ना भएको जेभियर कलेजले बताएको छ । कलेजले उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
सो कलेजले गरीब तथा विपन्न विद्यार्थीहरुलाई २० प्रतिशत छात्रवृत्ति दिनेगरेको छ ।
सन्दीपले खेलमार्फत देशको छवि बढाएकाले सम्मानस्वरुप उनलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको हो ।
उनले प्लस टु म्यानेजमेन्ट विषय लिएर पढेका थिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्