घोराही : लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्