निर्मला हत्या अभियोगमा एक युवा पक्राउ

निर्मला हत्या अभियोगमा एक युवा पक्राउ

काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको बताएको छ । तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई काठमाडौबाट पक्राउ गरेको बताएको छ। प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको छ ।

‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’

निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएको र प्रहरीले निरन्तर खोजिरहेको बताएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij