काठमाडौं। उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ ।
अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।
नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो ।
पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए ।
उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्