यौन दुव्र्यवहार गर्नेलाई जेल सजायको फैसला

यौन दुव्र्यवहार गर्नेलाई जेल सजायको फैसला

मड्रिड : स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ ।

एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको भनाइ छ ।

बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको थियो ।

एक हप्ता लामो “सान फेरमीन बुल रनिङ” पर्वको बेला सन् २०१६ को जुलाई ७ तारिखका दिन घटना भएको बताइएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij