नेपाली खेलाडीले आईपिएलकाे लागि नाम दर्ता गरेनन्

नेपाली खेलाडीले आईपिएलकाे लागि नाम दर्ता गरेनन्

मुम्बई । विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल)–२०१९ को अक्सन आगमी १८ डिसेम्बरमा जयपुरमा हुँदैछ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआई का अनुसार २३२ विदेशी र ७४६ भन्दाबढी भारतीय खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

तर नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् ।

यसपटक अक्सनमा नाम दर्ता गराउने सर्वाधिक खेलाडी दक्षिण अफ्रिकाका रहेका छन् । अफ्रिकाबाट ५९ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यस्तै अस्ट्रेलिया ३५, वेस्ट इन्डिज ३३, श्रीलंका २८,अफगानिस्तान २७, न्युजिल्यान्ड १७, इंग्ल्यान्ड १४ र बंगलादेशका १० खेलाडी सहभागी छन् ।

जिम्वावेका ५,आयरल्यान्ड,अमेरिका,हङकङ र नेदरल्यान्डबाट एक एक जना छन् ।

डिसेम्बर १० मा बोर्डले खेलाडीको नाम सहित अन्तिम सूचि तयार पार्दै डाफ्ट सार्वजनिक गर्ने छ ।

अक्सनबाट ५० भारतीय र २० विदेशी गरी कुल ७० खेलाडीले आईपीएलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij