काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे ।
हाल उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ ।
यसैबीच, पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उनीको बयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जारी छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्