इन्डोनेसिया:इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गएकाे आइतबार विद्रोहीले याे हिंसा गरेको हुनसक्ने प्रहरीले थियो । घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिए ।
मृत्यु भएकाहरूको पहिचान सुरक्षाकर्मीहरूले खुलाएका छैनन् भने उनीहरू कसरी मारिएका थिए भन्ने बारेमा पनि जानकारी दिइएको छैन । स्थानीय सञ्चारमाध्यमहरूले याे घटनामा २४ देखि ३१ जनासम्मको मृत शरीर भेटिएको समाचार संप्रेषण गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्