बुटवल । रूपन्देहीको देवदहमा गएराती ७ वर्षकी बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ५ जना स्थानीय युवालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ आठ बजे भएको उक्त घटनापछि तत्काल घटनास्थल पुगेको प्रहरीले चार जनालाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो ।
देवदह प्रहरी चौकीका ईन्चार्ज भरत थापाका अनुसार पक्राउ पर्नेमा देवदहका जीवन खत्री राजु परियार, बोधे विक, दिनेश विक रहेका छन् । घटनामा संलग्न रहेका अरु दुई जना फरार रहेका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्