भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै

काठमाडौ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ ।

दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्‍याली सहितको कार्यक्रम आयोजना गरेका छन् ।

युक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको छ।

नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो।

दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भ्रष्टाचारले व्यक्ति, समुदाय र देशलाई खोक्रो बनाउने, शिक्षा र स्वास्थ्यको अवस्थालाई कमजोर बनाउने, निर्वाचन प्रक्रियालाई बेवास्ता गर्ने, अन्यायलाई बल पुर्‍याउने, आर्थिक तथा सामाजिक विकासमा असर गरी गरिबी बढाउने हुँदा यसको अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याउन आग्रह गरेका छन्।

आज नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभर कार्यक्रम गर्दैछ ।

यस्तै ट्रान्सपरेन्सी इन्टरन्याशनलले पनि भ्रष्ट्राचार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij