प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

काठमाडाै : ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन (मंसिर २४ गते) मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि.सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायण कुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको छ ।

२०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पश्चात हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता ठहर गर्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनमा पिडितलाई न्याय पिडकलाई सजाय, महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, END IMPUNITY, BRING THE PERPETRATORS TO JUSTICE लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij