JanataToday.com

Advertisment

SKIP THIS

अब भूमिहीन होईन मालिक बन्ने बेला आयो : मन्त्री पौडेल

अब भूमिहीन होईन मालिक बन्ने बेला आयो : मन्त्री पौडेल

दाङ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बुटवलको आयोजनामा भुुुमुहिन किसान लागि करार खेती अनुदान सम्बन्धमा दाङ्ग जिल्लाको लमहीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अव सधैंको लागि भुमिहिनको मसस्या समाधानको लागि प्रदेश सरकार लागिपरेको बताईन् ।

कार्यक्रमको शुभारम्भ गर्दै उनले भुमिहिन किसानहरुलाई भुमि भाडामा लिएर उनीहरुले लिएको भाडा सरकारले तिर्ने गरी करार खेती अगाडी बढाएको भन्दै उनले यसमा उत्साहित रुपमा सहभागी हुनको लागि आग्रह गरिन् ।

उनले भनिन्–‘किसानहरुको समस्या सधैभरीको लागि समाधान गर्नको लागि भुमिहिन किसानहरुलाई पोत्साहित गर्ने गरी योजना ल्याएका छौ ।’

कार्यक्रममा भुमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयका सचिव यम नारायण देवकोटाले भुमिहिन किसानहरुको लागि प्रदेश सरकारले ल्याएको करार खेतीको विषयमा प्रस्तुती गरेका थिए ।

यस्तै कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख उप–सचिव विनोद घिमिरेले भुमिहिन किसानको करार खेती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै प्रशासन तथा सहकारी महाशाखा प्रमुख उप सचिव श्रीकृष्ण नेपालले सहकारी बजारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु ईन्द्रजित चौधरी, रेवती रमण शर्मा, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुल प्रसाद केसी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर १२ का सबै जिल्लाहरुबाट जिल्ला सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरु, जिल्ला कृषि सहकारी संघका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्तरका भुमिहिन कृषिक महासंघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij