पाल्पा । पाल्पामा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवत बहादुर जिसी र ४१ वर्षकी भुमीकुमारी दर्मामी रहेका छन् ।
मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पतालले जनाएको छ ।
रातिको समयमा साँघुरो र अप्ठेरो बाटोमा खरायोलाई पिछा गर्नेक्रममा भित्तामा ठोकिएर दुर्घटना भएको घाइतेलाई उधृत गर्दै स्थानीय एवम वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए ।
जिप करिब ३ सय मिटर तल खोचमा खसेको छ । तानसेनबाट जल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप राति ८ बजेतिर दुर्घटनामा परेको थियो ।
घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाईते हुनेहरुमा माथागढी ८ का सान्त बहादुर रुचाल,सुरेन्द्र मश्राङ्गी र देव सिंह राना रहेका छन्।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्