काठमाडौँ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा ज्यान गुमाउने २० जनाको सनाखत भएको छ ।
बा ३ ख ३९१३ नम्बरको आइसर दुर्घटनामा मत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीया शुकराम तामाङ रहेका छन्।
यस्तै ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीया मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमवहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरवहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनवहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरवेशीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा परी उपचाररत घाइतेमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीया छिरिङ तामाङ, ४० वर्षीय रामबहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्री तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरबहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानबहादुर तामाङ र ९ महीनाकी नाबालिका रहेका छन् ।
घाइते मध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए । दुर्घटनास्थल सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्