काठमाडौंः भारतको कोलकतामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन्। भारतीय प्रहरीले शुक्रबार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो।
भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ। पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए। गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनाका विषयमा अनुसन्धान गरिरहेको छ।
नेपालबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएको थियो। अहिले भारतमा भेटिएको सुन चूडाणि उप्रेती उर्फ गोरेको हो या होइन भन्ने विषयमा भेरिफाइ गर्ने काम भइरहेको छ। गोरेले तस्करी गरेर ल्याएको सुन हराएको थियो। गोरे अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्