बुटवल । सप्तरङ्गी कला केन्द्र बुटवलले देउसी भैलो खेलेर संकलित भएको रकम एक कार्यक्रमका बिच मृगौला पीडित स्वर्गीय मिलन नेपालीको परिबारलाई हस्तान्तरण गरेको छ ।
मृगौला पीडित नेपाली काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचाररत थिए तर उनको यहि मङ्सिर २३ गते आइतबारको दिन मृत्यु भएको हो ।
स्वर्गीय नेपालीको आर्थिक स्थिती निम्न बर्गिय भएको कारण उपचारमा समस्या रहेको थियो ।
सप्तरङ्गी कला केन्द्रले उनको उपचारार्थ देउसी भैलो खेले बापत बचेको रकम रु २०,००० मिलनका बुवा दिल बहादुर नेपालीलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका संयोजक अर्जुन गुरुङले हामी सदैब दुखी र पीडितको साथमा सदैब लाग्ने र सहयोग गर्ने बताएका थिए साथै उनले विभिन्न प्रयास गर्दागर्दै पनि मृत्यु भएका नेपालीको परिबारलाई बिचल्लीत नभई अघि बढ्न सहानुभूति दिएका थिए ।
कार्यक्रममा तरुण दल बुटवल उपमहानगर समितीका सभापती सुजन पुन, तरुण दल तिलोत्तमाका उप सभापती अतीत गुरुङ, सप्तरङ्गी कला केन्द्रका प्रो-प्राइटर रबि थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन बिष्णु माया गुरुङको रहेको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्