अमेरिका : अमेरिकाले एक सय बर्षभन्दा पहिले फिलिपिन्सका चर्चबाट लुटिएका तीनवाट घन्ट फिर्ता गरेको छ ।
एउटा नरसंहारपछि अमेरिकी सेनाले बदला स्वरूप गरेको कारबाहीका क्रममा ति तामाका घन्टहरु लुटिएका थिए । एक सय १७ वर्षअघि घण्ट चोरिएको बालाङहिगामा आयोजित फिर्ता कार्यक्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेतले अमेरिकाले उदारता देखाएको भन्दै प्रशंषा गरे ।
सन् २०१७ को एउटा भाषणका क्रममा उनले लुटिएका घण्टहरू फिर्ता गर्न माग गरेका थिए । सो भाषणमा डुर्टेतले चीनसँग अझ नजिकको सम्बन्ध स्थापना गर्ने पनि उल्लेख गरेका थिए।फिलिपिन्समा पूर्व औपनवेशिक शासकविरुद्धको स्वतन्त्रताको रूपमा ती घण्टहरूलाई हेर्ने गरिएको छ ।
सन् १९०१मा बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारेपछि तत्कालीन अमेरिकी जनरल ज्याकोब एच स्मिथले सो क्षेत्रलाई ‘पूरै मरूभूमिमा’ परिणत गरिदिन आदेश दिएका थिए।रक्तपातपूर्ण बदलापछि अमेरिकी सेनाले जितको ट्रफीका रूपमा चर्चका घण्टहरू आफूसँगै लगेका थिए । अमेरिकी सेनाको सो कारबाहीमा फिलिपिन्सका हजारौँ सेना मारिएका थिए ।
प्रकाशित मिति : आइतबार, पुष १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्