गोदावरी : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।
ललितपुरमा आज आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा आयोगको प्रयास’ विषयक पुस्तक सार्वजनिकीकरण गर्दै उनले नेपाली महिला विदेशमा कामका लागि जाँदा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गरे ।
“नेपाली चेली शोषणमा परेको समाचार दिनानुदिन बढ्दै गएकोले किन महिलाहरु कामका लागि खाडी मुलुक जान चाहनु हुन्छ,” उनले भने, “शोषणमा परेर तपाईं चेलीहरु विदेशमा नबस्नुहोस् ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशराज दाहालले नेपालमा खुला सिमानाका कारण महिला घरेलु कामका लागि दलालको फन्दामा परी भागेर विदेश जाने क्रम बढ्दो रहेको बताएए ।
आयोगले त्यसमा कडा ध्यान दिनु जरुरी रहेको दाहालले बताए । मन्त्रालको आँकडानुसार हाल ३० देखि ३५ लाख हाराहारीमा नेपाली वैदेशीक रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शाखा खोल्न लागेको उनले जानकारी दिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले आप्रवासी कामदारले परिवारसंँग प्रत्यक्ष सम्पर्क गर्न सूचनाको हकको व्यवस्था हुनुपर्ने बताए । विगतका वर्ष वैदेशिक रोजगार विभागमा ११ हजार मुद्दा परेको बताउँदै चापागाईं भने, “यस वर्ष निकै मुद्दा घटेको छ ।” (रासस)
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्