नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-८ गडवार खोला नजिकै यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार दिउँसो नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ९६७६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा५१प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस र मोटरसाइकल दुवै सडकदेखि करिब २० मिटर तल खसेका छन् । दुर्घटनास्थल चोरमाराबाट डेढ किलोमिटर पश्चिम जंगल क्षेत्रमा पर्छ ।
दुर्घटना घाइते भएकी मोटरसाइकलमा सवार मध्यविन्दु-११ निवासी २८ वर्षीया चन्द्रकुमारी सोमै मगरको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा बजारमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बसमा सवारसहित १६ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्