धर्म संस्कृति प्रचारका लागि बहुसांस्कृतिक संग्रहालय : नगर प्रमुख विष्ट

धर्म संस्कृति प्रचारका लागि बहुसांस्कृतिक संग्रहालय : नगर प्रमुख विष्ट

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले सबै धर्म संस्कृतिको संयुक्त प्रचारका लागि बहुसाँस्कृतिक संग्राहलय बनाउनु पर्ने बताएका छन् ।

भीमदत्त नगरपालिका वडा नं. १८ स्थित कञ्चन चर्चमा मंगलबारदेखि सुरु तीन दिने संयुक्त संगित कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख विष्टले विदेशीहरुलाई एकै ठाउँमा सबै धर्म संस्कृति अवलोकन गराउन बहुसाँस्कृतिक संग्रनाहलय बनाउन पर्नेमा जोड दिए ।

‘नयाँ संविधानमा मुलुक धर्म निरपेक्ष भनिएको छ, सबै धर्म संस्कृतिलाई स्थान दिइएको छ,’ कार्यक्रममा नगर प्रमुख विष्टले भने,‘सबै धर्म संस्कृतिलाई एकै ठाउँमा हेर्न मिल्ने गरी बहुसाँस्कृतिक संग्राहलय बनाउनु पर्छ, यसबाट विदेशीले एकै ठाउँमा सबै धर्म संस्कृतिको अवलोकन गर्न पाउँछन् ।’

सबै धर्मावलम्वीले मुलुक समृद्ध बनाउन भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गर्दै नगर प्रमुख विष्टले निर्वाचित जनप्रतिनिधि, कर्मचारीले मात्रै देश विकास हुन नसक्ने जनाए ।

नयाँ संरचना अनुसार तीन तहको सरकार सञ्चालनमा आए पनि कर्मचारी समायोजन, पूर्वाधार निर्माण लगायतका समस्याले जन अपेक्षा अनुसार कार्य गर्न नसकिएको नगर प्रमुख विष्टले बताए ।

भीमदत्त नगरपालिकाले चालु वर्षलाई पूर्वाधार निर्माण र प्रचारप्रसार वर्ष घोषणा गरी विकास निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टको भनाई छ ।

‘सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको छ, यसलाई सफल बनाउन सबैले सहयोग गर्न आवश्यक छ, भीनपाले यस वर्षलाई पूर्वाधार निर्माण र प्रचार वर्ष घोषणा गरेको छ, त्यसका आधारमा कार्यक्रम अघि बढाएका छौ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्गले संविधानमा धर्म निरपेक्ष लेखिए पनि एक धर्मले अर्को धर्मलाई सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गरे । ‘एक धर्मले अर्कोको विरोध गर्न राम्रो होइन, सबै धर्मले एक अर्काको सम्मान हुन्छ’ संयोजक तामाङ्गले भने ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij