JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा संचालन हुने लुम्बिनी एक्स्पोको तयारी पुरा

बुटवलमा संचालन हुने लुम्बिनी एक्स्पोको तयारी पुरा

६ सयभन्दा बढी स्टल रहने

बुटवल । स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आगामी पुस ५ गते देखि बुटवलमा संचालन हुने लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी पुरा भएको छ ।

आयोजक रुपन्देही ब्यापार संघले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको जनाएको छ । बुटवल मण्डपमा संचालन हुने मेलामा ६ सय बढी स्टल रहने र नेपाल लगायत बिदेशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

स्वदेशी उत्पादनका ५ सय बढी स्टरका साथै अन्तराष्ट्रिय स्तरका ३० स्टल बुक भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पदम श्रेष्ठले १० लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० करोडको कारोबार हुने दाबी गरे ।

मेलाको आकर्षणका लागि सन १८७१ मा नेपाली सेनाले अंग्रेज सेनामा माथि बिजयी हासिल गरेको जितगढी किल्लाको प्रतिक मेलामा बनाईएको छ ।

नेपाली सेनाको सहयोगमा तयार पारिएको किल्लामा तत्काल प्रयोग भएका हतियारका प्रतिक समेत राखिने आयोजकले बताएको छ ।मेलामा डान्स आईडल ,राष्ट्रिय स्तरको खुला पुरुष भलिवल प्रतियोगिता , पर्यटन, कृषि, व्यवसायीक सचेतना गोष्ठि , फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता आयोजकना गरिएको उनले जानकारी दिए ।

एक्स्पोको पुर्व सन्ध्यामा पुस ४ गते मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij