नियमित प्रक्रिया अनुसार स्ववियुको चुनाब फागुन १४ मा हुन्छः उपकुलपति खनिया

नियमित प्रक्रिया अनुसार स्ववियुको चुनाब फागुन १४ मा हुन्छः उपकुलपति खनिया

बुटवल । त्रिभुवन विश्वविद्यालको नियमित प्रक्रिया अनुसार स्ववियुको चुनाब आगामी फागुन १४ गते हुने त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा.डा. तिर्थराज खनियाले बताएका छन्।

बुटवल बहुमुखि क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले प्रध्यापक र कर्मचारीले आफनो चुनाब आफै गराउने बताउँदै बिद्यार्थी संङगठनले पनि आफ्नो महत्बपूर्ण स्ववीयु आफै गराउने बताए ।

उनले पुलिस लगाउने, प्रध्यापकलाई दुःख दिने काम नगरी फागनु १४ गते बिद्यार्थीको राम्रो सम्झारीमा भएर विगतको जस्तो ठूलो क्याम्पसमा चुनाब नहुने र सानो क्याम्पसमा मात्रै नहुने बताए ।

बिश्वविद्यालयको चुनाब भनेको मिनि संसदको चुनाब भएको भन्दै यसलाई अर्थपूर्ण ढङगले अगाडि लैजान आग्रह गरे ।

साथै अहिले त्रिभुवन बिश्वविद्यालय बिश्बका १ हजार भित्र रहेको बताउँदै सन् २०३० सम्ममा ५ सयभित्र पर्ने दाबी समेत गरे। यसका लागि सबैको सहयोग आबश्यक रहेको बताए ।

सोहि कार्यक्रममा त्रिविकी शिक्षाध्यक्ष तथा समालोचक प्रा. डा. सुधा त्रिपाठीले त्रिबिमा प्राइभेट किसिमले कार्यक्रम चलाएको बताउँदै त्यो आबश्यकता नभई बाध्यता भनेको बताए । साथै बुटवल बहुमुखि क्याम्पका समस्या भनेको केन्द«का पनि समस्या भएको बताए ।

बुटबल बहुमुखि क्यापसका क्याम्पस प्रमुख डां. शखिशरण सुवेदीले अहिले थपेका १४ वटा कोठा पनि अपुग भए बाहिर घर भाडामा लिएर भए पनि त्रिविले थप्न चाहेको कार्यक्रम थप्ने दाबी गरे ।

त्रिविले सञ्चालन गरेका कार्यक्रमहरुमा अहिले घटेको बिद्यार्थी बताउँदै खुल्ला विश्वबिद्यालयले सञ्चालन गरेका कार्यक्रमहरु प्राबिधिक र व्यबसाहिक भएकाले विद्यार्थी पनि बढेको बताए ।

वुटबल बहुमुखि क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा मानबिकी तथा समाजशास्त्र संकायका डीन प्रा.डा.शिबप्रसाद सुवेदी, नेपाल प्रध्यापक संघका केन्द्र्रीय महासचिव प्रा. डा. बुद्ध बहादुर थापा, क्याम्पस व्यवस्थापन समिति सदस्य तथा प्रध्यापक संघ बुटवल बहुमुखी क्याम्पसका इकाइ सभापति नवराज पंगेनी, नेपाल प्रगतिशील प्रध्यापक संगठनका कार्यवाहक अध्यक्ष उपप्रध्यापक शालीकराम पौडेल, प्रजातन्त्रवादी प्रध्यापक संघ नेपालका इकाइ सभापति लक्ष्मण कार्की, नेपाल राष्ट्रिय प्रध्यापक संगठन नेपालका इकाइ समिति अध्यक्ष उपप्रध्यापक यज्ञमुर्ती पाण्डे, कालिका मावनज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठक, बहुमुखी क्याम्पसका व्यवस्थापन समिति सदस्य मुक्ती पौडेललगायतले बाेलेका थिए ।

क्याम्पसको स्थापना दिबसको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा बिजेता भएका बिद्यार्थीहरुलालाई क्याम्पस प्रमुख सुवेदी एवं अथिर्तीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

क्याम्पसको ४६ औँ स्थापना दिबसको अबसरमा छात्रछात्र भलिबल प्रतियोगिता, छात्र म्याराथुन दौड , हाजिरजबाफ, गजल ,वक्तृत्वकला , प्रध्यापक ,कर्मचारी र बिद्यार्थी नेताहरुबिच मैत्रिपूर्ण फुटवल, छात्रा कुर्ची दौड, रक्तदान र सरसफाई कार्यक्रम भएका थिए ।

वुटबल बहुमुखि क्याम्पसले आफ्नो ४३ औँ स्थापना दिबसदेखि आफनो स्थापना दिबस मनाउँदै आएको छ ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij