बुटवल । रुपन्देहीमा २०६४ सालदेखि थालिएको खुला दिसामुक्त अभियान पूरा हुँदैछ ।
रुपन्देहीका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएको हो । शौचालय नभएका ५५ प्रतिशत घरमा शौचालय निर्माण गरिएपछि सरसफाइको क्षेत्रमा थालिएको अभियानले ११ वर्ष पछि पूर्णता पाएको हो ।
अभियान थालिएपछि ९० हजार १ सय ९ वटा घरमा शौचालय बनाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्राबिधिक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए ।
‘अभियानले सार्थकता पाउदैछ, हामी सबैले यस्मा योगदान गर्नुपर्छ,कार्यान्वयन अझै महत्वपूर्ण कुरा हो’–उनले भने ।
रुपन्देहीमा २०६८ सालदेखि सरसफाइ गुरुयोजना आरम्भ गरिएको हो । जिल्लालाइ आज शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक समारोहका बिच खुल्ला दिसामुक्त घोषणा गरिदैछ ।
रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीको अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितीको रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जानकारी दिए ।
लुम्बिनीमा एक कार्यक्रम आयोजना गरी प्रदेश पाँचका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नेछन् ।
विश्वकर्माले जिल्लाका सबै स्थानीय सरकारलाइ सरसफाईमा पूर्ण बनाउनु जरुरी रहेको उल्लेख गर्दै त्यसका लागी समन्वय समितिले पहल गरिरहेको बताए ।
प्रदेश नं ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।
रुपन्देही देशका ७७ जिल्लामा खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला हो । रुपन्देहीमा ०६४ सालदेखी सरसफाइ अभियान चलेको भएतापनि पहिलो पटक ०६७ माघ १५ मा साविकको शंकरनगर गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको थियो भने सबैभन्दा पछि ०७४ चैत्र १९ मा लुम्बिनी साँस्कृतिक नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो ।
एक घर एक चर्पी योजना अनुसार जिल्लामा सबै घुरधुरीले शौचालय बनाएको पश्चिमाञ्चल ग्रामिण खाने पानी सरसफाईका विपिन पौडेलको भनाइ छ ।
धेरै चुनौतिका बाबजुद पनि जिल्ला पूर्ण खुल्ला दिसामुक्त भएकोले यसलाइ प्रभावकारी कार्यन्वयनका लागी सबैको सहयोग आवश्यक रहेको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिती रुपन्देहीसंग सहकार्य गरिरहेको संस्था नमूना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौड्यालले बताईन् ।
आधारभूत तहको सरसफाईको आधारमा भएपनि जिल्लालाइ खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको जनाइएको छ ।
रुपन्देहीका हरेक घरमा शौचालय बनेपनि अब यस्को कार्यान्वयनको पाटो भने अझै चुनौतीपूर्ण रहेको छ ।
जिल्लामा सार्वजनिक शौचालयको संख्या भने निकै न्युन छ भने जिल्लाको दक्षिण र बिकटतिर निर्माण भएका कतिपय शौचालयमा दाउरा चापेर राख्ने पुरानै शैली कायम छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्