दाङ प्रहरीको अपडेट : बस दुर्घटनामा १६ जनाको मृत्यु, १३ पुरुष ३ महिला, १० घाइतेको नाम सार्वजनिक

दाङ प्रहरीको अपडेट : बस दुर्घटनामा १६ जनाको मृत्यु, १३ पुरुष ३ महिला, १० घाइतेको नाम सार्वजनिक

दाङ — राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । उद्धार जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरीले जनाएको छ ।

अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । १० जना घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताए । उद्धारका लागि तुलसीपुर र घोराहीबाट प्रहरी खटिएका छन् ।

रातको समय र कठिन भूगोल भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन् । बसमा अधिकांश विद्यार्थी र शिक्षक सवार रहेको बुझिएको छ ।

यस्तो छ प्रहरीले जारी गरेको अपडेट
मिति २०७५।०९।०६ गते अन्दाजी १६:५० बजे तुलसीपुर सल्यान सडक खण्डमा तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस रोडबाट अ. ६/७ सय मिटर तलखसी दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्र.ना.उ प्रेम शाहीको कमाण्डमा १९ जनाको टोली र (जिप्रका दाङ बाट प्रहरी खटिएको ) उक्त बसका यात्रु र बसको क्षेतीको बिबरण आउने कार्य जारीरहेको बि.बि.पछी ।
दुर्घटनास्थलमा ३ महिला १३ पुरुष जम्मा १६ जना लास फेला परेको सनाखत हुन बाकी (१८:५० बजे सम्मको अपडेट)
दुर्घटनास्थलमा ५ महिला ५ पुरुष जम्मा १० जना घाईते राप्ती अंचल अस्पताल तुलसीपुर दाङमा ल्याई पुराएको उद्धारकार्य जारी बि.बि.पछी (१८:५० बजे सम्मको अपडेट)
बसः-कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको बस शैक्षिक भ्रमणको लागी सल्यान गएको भन्ने बुझिएको

दुर्घटनामा घाईतेको विबरणः-
१. जिल्ला जुम्ला तातोपानि गा.पा.१४ बस्ने बर्ष १८ कि हिमाली हमाल,
२. ऐ चन्दनाथ गाउपालिका ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री,
३. जिल्ला दाङ घोउमनपा १५ रतनपुर बस्ने बर्ष १७ की समिक्षा रोकाया,
४. जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने बर्ष १८ को बिक्रम भण्डारी,
५. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,
६. जिल्ला दाङ घोउमनपा १९ स्यूजा बस्ने बर्ष १७ की मेनुका रिजाल, नेपालगंज रिफर गम्भिर घाईते,
७. जिल्ला जुम्ला चन्दनाथ गा.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,
८. ऐ.ऐ. ४ बस्ने बर्ष १६ की पर्शा रोकाया,
९. जिल्ला अछाम मंलगसैन नगरपालिका वडा नं. नखुलेको बर्ष १९ को यूवराज ढुंगाना, (अवस्था सिरियस)
१०. जिल्ला रुकुम सानोभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij