बुटवल । माननीय मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिएका छन् ।
दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।
उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचार बारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाको छानवीन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति समेत गठन भइसकेको छ ।
प्रकाशित मिति : सोमबार, पुष ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्