बुटवल । बुटवलमा आईतवार देखि संचालन हुने प्रथम सडक खाना महोत्सव अवधीमा आगन्तुक पाहुनाहरुलाई आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अग्रेजी नयाँ वर्षको अवसरमा आईतवार र सोमवार संचालन हुने सडक खाना महोत्सवमा जातिगत रुपमा थारु , मगर ,थकाली, गुरुङ्घ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु रहने संघका अध्यक्ष समुन्द्र जिसीले बताउए ।
महोत्सववारे जानकारी गराउन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाली जातिगत खाना वाहेक इण्डियन ,चाईनिज,जापानिज,इटालियन र थाई खानाका परिकार समेत रहने प्रचार प्रसार संयोजक वाबुराम गौतमले जानकारी गराए ।
अतिथि देवो भव पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान ,सडकमै खाऔं सडकमै नाचौं सडकमै रमाऔं भन्ने मुल नाराका साथ हुने सडक खाना महोत्सव सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय र जातजातिका कला संस्कृति झल्कने खालका नाचगान ,हास्य व्यङ्घय कार्यक्रम र चर्चित डिजे ब्राण्डको प्रस्तुती रहने संघका महा सचिव माधव कुमार खनालले बताए ।
पर्यटकहरुलाई आकर्षण गर्नका लागि कुर्सी दौड र हण्डी फोर्ने खेलहरु समेत महोत्सवमा राखिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ अन्तर्गत पर्ने मिलनचोक तिनकुने देखि होराईजनचोक सम्मको सडकमा हुने सडक खाना महोत्सवमा यस क्षेत्रका होटलले दिने सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनुका साथै विभिन्न जातीगत खानपान र जातीय संस्कृति झल्किने भेषभुषाको प्रदर्शन गर्नेआयोजकले जनाएका छन ।
सडक खाना महोत्सव यस क्षेत्रमै नौलो हुने र अन्य मेला महोत्सव भन्दा पृथक हुनेछ । महोत्सव दिउसो ३ बजेदेखि शुरु हुने र रातको १२ बजे सम्म संचालन हुने छ ।
महोत्सवमा ५० वटा स्टल रहने महोत्सव उद्घाटनका दिन पौंष १५ गते दिउसो १२ बजे कार्यक्रम स्थलबाट प्रचारात्मक जनचेतना ¥याली निकालिनेछ । महोत्सवको उदघाटन प्रदेश नं ५ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले गर्नु हुनेछ ।
महोत्सव करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने लक्ष्य आयोजकले लिएका छन । महोत्सवको सह आयोजकमा म्यूजिक डेस्टिनी र प्रवद्र्धको रुपमा बुटवल उपमहानगरपालिका तथा मूख्य प्रायोजकको रुपमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्