स्मार्टफोन निर्माता कम्पनी ओप्पोले विच्याट एप र फाइभ जी नेटवर्क प्रयोग गरी सफलतापूर्वक मल्टी पार्टी भिडियो कल गरेर एउटा नयाँ उपलब्धि हासिल गरेको छ ।
ओप्पो रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युटका ६ जना इन्जिनियरले यो सफलता प्राप्त गरेका हुन् ।
उक्त भिडियो कलका लागि ओप्पो आर–१५ प्रोमा आधारित एक नयाँ फाइभ जी स्मार्टफोन तयार गरिएको थियो ।
फाइभ जी नेटवर्क स्थापित गर्न १ सय मेगाहर्ज ब्यान्डविथ उपयोग गरी १७ मिनेटभन्दा बढी कल गरिएको थियो ।
ओप्पोले पहिलो पटक फाइभ जी सिग्नल र डाटा कनेक्सनको परीक्षण गत अगस्टमै गरेको थियो ।
अब ओप्पो फाइभ जी इन्टरनेटलाई स्मार्टफोनमा प्रयोग गर्ने पहिलो कम्पनी भएको छ ।
ओप्पोले फाइभ जी स्मार्टफोन लन्च गर्ने पहिलो कम्पनी बन्ने योजना समेत बनाइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्