दोस्रो विश्व युद्धका सबैभन्दा वृद्ध योद्धा रिचर्डको ११२ वर्षको उमेरमा निधन

दोस्रो विश्व युद्धका सबैभन्दा वृद्ध योद्धा रिचर्डको ११२ वर्षको उमेरमा निधन

अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति तथा द्वितीय विश्व युद्धका सबैभन्दा वृद्ध योद्धाका रुपमा परिचित रिर्चर्ड ओवर्टनको ११२ वर्षको उमेरमा निधन भएको छ ।

ओवर्टनको शुक्रबार अमेरिकाको टेक्सासमा निधन भएको हो । दोस्रो विश्वयुद्धको समयमा उनले प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्री तटमा अवतरण गराउनेजस्त काममा सहभागी भएका थिए ।

उनलाई सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट्रान डेमा सम्मानित पनि गरेका थिए ।

ओवर्टन आफ्नो लामो आयुको श्रेय भगवानलाई दिन्थे । साथै उनले आफू लामो समय बाँच्नुमा सिगार र रक्सीको पनि भूमिका रहेको बताउँथे ।

एक स्थानीय टेलिभिजनसँगको कुराकानीमा उनले भनेका थिए, ‘मैले १८ वर्षको उमेरदेखि सिगार खाँदै आइरहेको छु । अहिले पनि म दैनिक १२ वटा सिगार पिउँछु ।’

ओवर्टनको जन्म सन् १९०६ मा भएको थियो । उनले आफ्नो जीवनको अधिकांश समय अस्टिनमै बिताए । गएको वर्ष उनको १११औँ जन्मदिनको अवसरमा अस्टिन सिटी काउन्लि स्ट्रीटको नाम परिवर्तन गरेर रिर्चड ओवर्टन एभेन्यू राखिएको थियो । जहाँ उनले ७० वर्षभन्दा बढी समय बिताएका थिए ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij