काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा १२ करोड २५ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजस्व संकलन गरेको हो ।
महाशाखाले एक लाख ८५ हजार चार सय ३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम संकलन गरेको हो । आर्थिक वर्ष २०७४-७६ मा २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ, आव २०७३-७४ मा ३५ करोड ६० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ट्राफिक राजस्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम संकलन भएको जानकारी दिए । “सवारी नियम उलंघन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो,”–उनले भने ।
महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार एक सय ८१, बढी भाडा लिने चार हजार एक सय ३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार नौ सय ६५ सवारी साधनलाई कारवाही गरेको हो ।
महाशाखाले विसं २०६८ मंसिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार नौ सय २२ सवारी चालकलाई कारवाही गरेको छ ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्