नयाँ दिल्ली । भारतले तेस्रो अन्तरिक्ष उडानको घोषणा गर्दै १० हजार करोड बजेटको मञ्जुरी दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय मानव अन्तरिक्ष उड़ान कार्यक्रमलाई स्वीकृति प्रदान गरेको हो।
इसरोको मिशन गगनयानका लागि १० हजार करोड़ रुपैयाँको मञ्जुरी दिएको हो। यो मिशन अन्तरगत भारतीय अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षमा सात दिन बिताउने छ।
कानुनमन्त्री रविशंकर प्रसादले शुक्रबारको क्याबिनेट बैठकपछि यो योजनाको मञ्जुरी दिइएपछि आगामी ४० महिनापछि लञ्च गरिने जानकारी दिएका हुन्।
प्रधानमन्त्री मोदीले केही समयअघि मात्रै मिशन ‘गगनयान’को घोषणा गरेका थिए। भारत सरकारले यो मिशन सन् २०२२ मा पूरा हुने अपेक्षा व्यक्त गरेको छ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्