JanataToday.com

Advertisment

SKIP THIS

बुटवल महिला जेसिज २०१९ को अध्यक्षमा थापा

बुटवल महिला जेसिज २०१९ को अध्यक्षमा थापा

बुटवल । बुटवल महिला जेसिसको २२ औँ वार्षिक साधारण सभा तथा अधिवेशन समापन भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै जेसिजले आफ्नो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

साधारण सभामा बोल्दै प्रदेश ५ प्रदेश सभा सदस्य बिमला पन्थीले बुटवल महिला जेसीजले गरेका कार्यको प्रशंसा गर्दै बुटवल महिला जेसीज नेपाल जेसीस वर्ष २०१८ को उत्कृष्ठ महिला शाखाको पुरस्कारबाट सम्मानित भएकोमा बधाई समेत दिएकी थिईन् ।

उनले सबैले आ अफ्नो ठाउबाट भुमिका निर्वाह गर्न सक्ने हो भने सबैकार्य गर्नको लागि सहजता भएको बताईन् । उनले बुटवल महिला जेसीजलाई शशक्तीकरणका लागि अगाडि बढ्न आग्रह गर्दै राष्ट्रकै नमुना भएर परिचित हुन आग्रह समेत गरीन् ।

सभामा वर्ष २०१८ का अध्यक्ष राधिका पोख्रेलले वर्ष २०१८ मा अध्यक्ष भईरहंदा देशैभरिका महिला जेसिज शाखामध्ये उत्कृष्ट शाखा बनाउन सहयोग गर्ने कार्यसमितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, मातृ शाखा, छिमेकी शाखाहरु, महिला जेसिजका सदस्यहरु, उत्कृष्ट शाखाबाट सम्मानित गर्ने नेपाल जेसिज लगायत पत्रकारहरु र शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी नेतृत्वलाई पनि आफू सहयोगीमा रहेर हरेक कार्यमा साथ दिने र बुटवल महिला जेसिजलाई अझ उत्कृष्ट बनाउन तर्फ लाग्ने बताईन् ।

सो अवसरमा बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले स्थापनादेखि अहिलेसम्मको यात्रामा आरोह अवरोह पार गरी अघि बढेको महिला जेसिजको संस्थापक भनेर चिनींदा गर्भको महशुस गर्न पाएकामा खुशि व्यक्त गर्दै अब बन्ने कार्यसमितीले पनि जेसिजको गरिमा उंचो राख्ने कार्य गर्दै जाओस् भन्दै शुभकामना ब्यक्त गरेकी थिईन् ।

कार्यक्रममा जेसिजका हालै निर्वाचित राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, बुटवल जेसिजका नवनिर्वाचित अध्यक्ष नरदेव न्यौपाने, जुुनियर जेसिजका अध्यक्ष कपिल श्रेष्ठ, महिला जेसिजका पुर्व अध्यक्ष उर्मिला श्रेष्ठ, निर्वतमान अध्यक्ष तथा निर्वाचन आयुक्त रुपा पाण्डे लगायतले बोलेका थिए ।

अध्यक्षमा लक्ष्मी थापा
शनिबार सम्पन्न अधिवेशनबाट वर्ष २०१९ का लागि लक्ष्मी थापाको अध्यक्षतामा नयां कार्यसमिती समेत चयन भएको छ ।

जसको कार्यकारीणी उपाध्यक्षमा धनु श्रेष्ठ र कमला लम्साल गौतम,उपाध्यक्षहरु रञ्जिता शर्मा,राजश्री आत्रेया,रुपा श्रेष्ठ पाठक र सपना कार्की,महासचिब शर्मिला राना,सहसचिब रुपा श्रेष्ठ,कोषाध्यक्ष संगीता ढकाल,सहकोषाध्यक्ष लक्ष्मी घिमिरे,कानुनी सल्लाहकार कल्पना कुशुम पाण्डे,अध्यक्ष सल्लाहकारमा उषा खत्री र अनुपमा श्रेष्ठ लगायत चयन भएको निर्वाचन आयुक्त रुपा पाण्डेले जानकारी दिईन् ।

जेसिजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, कानूनी सललाहकार साथै अध्यक्ष सल्लाहकार अध्यक्षले मनोनित गर्ने र अन्य निर्वाचन मण्डलले चुन्नेछ ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij