वैदेशिक रोजगारको सेवा विकेन्द्रित, बुटवल र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्न शुरु

वैदेशिक रोजगारको सेवा विकेन्द्रित, बुटवल र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्न शुरु

काठमाडौं–सरकारले जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । आइतबारबाट प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट पनि आइतबारदेखि श्रम स्वीकृति प्रदान गर्न थालिएको हो ।

सरकारले पहिलो पटक वैदेशिक रोजगारको सेवालाई विकेन्द्रीत गरेको हो । यो सँगै श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । यस्तै अरु प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायतका सेवा दिने तयारी अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाट हुनेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदेशका श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरिसकेको छ । धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन् ।

म्यानपावर व्यवसायीले विज्ञापन गरे नगरेको अनुगमन गर्ने तथा तोकिएको संख्यामा श्रम स्वीकृतिको स्टिकर दिने अधिकार प्रदेश कार्यालयलाई दिइएको छ ।

व्यक्तिगत श्रम स्वीकृति प्रदेश कार्यालयहरुले नै दिन सक्ने छन् भने, वैदेशिक रोजगार ऐन कार्यन्वयन भए नभएको अनुगमन गर्ने अधिकार पनि प्रदेशमा रहने श्रम तथा रोजगार कार्यालयहरुलाई दिइएको छ ।

विदेशस्थित कूटनीतिक निकायबाट पनि दुई पटकसम्म श्रम स्वीकृत लिन सकिने गरी सरकारले तयारीस् गरिरहेको छ । सरकारले यसअघि, काठमाडौँको ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्रै श्रम स्वीकृति दिइदै आएको थियो।

प्रकाशित मिति : आइतबार, पुष १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij