JanataToday.com

Advertisment

SKIP THIS

चिनीको मूल्य वृद्धि नभए उद्योग सञ्चालन गर्न सकिँदैन : चिनी उद्योग महासंघ

चिनीको मूल्य वृद्धि नभए उद्योग सञ्चालन गर्न सकिँदैन : चिनी उद्योग महासंघ

बुटवल । चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन ।

नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाउनु भएको हो ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तीर्न नसक्ने पनि स्पष्ट पारे ।

उखु किसानहरुको बक्यौता रकम तीर्न संसदीय समितिले पटक–पटक चिनी उद्योगहहरुलाई सचेत गराउँदै आएको छ ।

तर महासंघका अध्यक्ष अग्रवालले चिनी घाटामा बिक्री गर्नु परेकाले किसानहरुको बक्यौता रकम दिन नसकिने बताए ।

सरकारले प्रतिकेजी चिनीको मूल्य ५५ रुपैयाँ तोकिदिएको छ ।

अध्यक्ष अग्रवालले सोही मूल्यमा चिनी बिक्री गर्दा आफूहरु मारमा परेको पनि स्पष्ट पारे । उनले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपैयाँभन्दा बढी पर्न जाने भन्दै तत्काल चिनीको मूल्य यथार्थपरक बनाउन पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij