पहिलीसँग डिभोर्स, दोस्रीबाट अवैध सन्तान, तेस्रो बिहेको तयारीमा रवि, स्वीकारे यी कुरा

पहिलीसँग डिभोर्स, दोस्रीबाट अवैध सन्तान, तेस्रो बिहेको तयारीमा रवि, स्वीकारे यी कुरा

काठमाडौं । टेलिभिजनका चर्चित प्रस्तोता रवि लामिछानेको तेस्रो विहे हुँदै गरेको कुरा उनकी पूर्व पत्नि इशा लामिछनेले बताएकी छिन् ।

इशा लामिछाने र रविका बारेमा समाचार सार्वजनिक भएपछि रवि लामिछाने फेसबुकमा एक स्ट्याटस लेख्दै इशासँग डिभोर्स भएको र दोस्रीसँगको अवैध सन्तान भएको स्विकार गरेका छ् ।

इशा लामिछानेको बयान

“नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी ।” म्यासेन्जरको आवाजसंगैको म्यासेज थियो । परिचयसहित रिप्लाई नहुँदै ईशाको म्यासेज आयो, “मसंग रविका बारेमा केही भन्नुछ तपाईले मिडियामा छापेर सहयोग गरीदिनुहुन्छ भने ।”
तुरुन्तै ईशाको फेसबुक वालमा नजानुको विकल्प थिएन् । केही पोष्टहरु थिए जस्ले ईशा र रवि लामिछानेको सम्बन्धलाई प्रष्ट्याउथे ।

रवि अर्थात उनै रवि जो अहिले सामाजीक सञ्जालमा छाईरहेका छन् । सिधा कुरा जनतासंग प्रशारणसंगै बेथीति र समाजका कर्तुतबारे चर्को आवाज गर्ने कार्यक्रम प्रस्तोता । ३ करोड नेपालीका भगवान भनेर सामाजीक सञ्जाल फेसबुकतिर बनेका उनका नामका पेजबारे पनि अनविज्ञ छैन् । ईशा लामिछाने नाम गरेको केटीले एउटा म्यासेज गर्दैमा पत्याईहाल्ने कुरा पनि भएन ।

उनको म्यासेज यसरी आएको थियो कि त्यसको रिप्लाई मैले एउटा गर्न नपाउदै अरु थुप्रै कुरा उनले लेखीसकेकी हुन्थीन् । केही समयअघि मात्र नेपाल आएर अमेरीका उडीसकेकी ईशाले अमेरीकाबाट च्याटमा केही तस्विरहरु पठाएकी थिईन् ।

२५ बर्षअघि रवि र ईशाको बिहे भएको उनको भनाई छ । २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । ईशाले बाउछोरीको फोटो पठाईन् । “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन फोनमा ।
रवि लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बबार्द पारेको उनको दावि छ । “मसंगै हुँदा पनि उस्ले अरु दुईवटा महिलाहरु राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।”

ईशाले यसरी भनिरहेकी छन् की, मैले पत्याउन सकिरहेको छैन् । किनकी रविले यस्तै अन्यायमा परेका महिलाहरुलाई टेलीभिजनको स्किृनमा बसेर अन्याय गर्नेलाई लाईभ स्ट्रीमिड्डमा ल्याएर, झपारेर, थर्काएर, धम्काएर भएपनी माफी मगाएका छन्, कारबाही दिलाएका छन् । रुदैँ स्टुडीयो पसेका महिलालाई न्याय टप्प थमाईदिएका छन् ।

ईशाले मुख फोरिन, “म संग डिभोर्स गरेकै बेला निकिता पौडेलसंग ईङ्गेजमेन्ट गरेको छ ।” केही आत्तीएको भावमा उनले बोलीन सायद अब केही दिनमा बिहे गर्छ होला, उस्ले बिहे गरोस् मेरो कुनै गुनासो रहेन तर मलाई २५ बर्षसम्म किन चिटिङ गरिरह्यो । दुई दुई वटी छोरीको भविष्यमाथी खेल्यो किन खेल्यो ।”

निकिता पौडेल अर्थात चलचित्र विकास बोर्डकी अध्यक्ष, उनका वुवा उद्धव पौडेल गोपिकृष्ण हलका मालिक । निकिता संगको बिहेको कुरामा ईशाको यती जोड थियो कि उनी बबार्द भएर रविले यता अर्को लगनगाँठो पार्दैछन् जुन उनका लागि पिडादायक थियो ।

रविबाट आफुलाई अन्याय भएको भनीरहेकी ईशाले थपिन, “तपाईहरुलाई थाहा छैन, रविको असली रुप २५ बर्षसम्म मैले भोगेको छु ।” रविले अहिले गरिरहेको काम र उनको लोकप्रियताबारे जानकार ईशाले आफुलाई गरेको अन्यायबारे दुनियाले थाहा पाउनुपर्ने बताउदै थिईन् ।”
“रविले म संग गेम रच्यो ? म संग खेल्यो, मैले उसका लागि गरेको कुनै अर्थ नै भएन् ।” ईशाले बोलीरहिन्, “रविले आफ्नो परिवारलाई रुवाएर दुनियालाई भाषण दिएर हिँडेको छ ।”

ईशा र माईतीमा टर्चर
“रविले पैसा दिएर मलाई डिभोर्सका लागि दवाव दिएको हो ।” केही महिनाअघिमात्र आफै डिभोर्स पेपरमा साईन गरेर जानुभएको होईन भन्ने प्रश्नमा उनको जवाफ । “तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो ।” उनले भनिन्, त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।”
ईशासंग केहीदिनदेखी उनको समस्या र पिडाबारे कुरा चलीरहेको थियो । लेख लेख्नु अघिल्लो रात ईशाले माईतीमा रविले टर्चर दिन थालेकोे सुनाईन । “मेरो दाईलाई र परिवारलाई टर्चर दिएको छ, मैले मिडियामा बोल्न थालेँ भनेर ।”
“न्युज नछाप्न भन्दै दाईले अहिले को को लाई फोन गर्दै बस्नुभएको छ ।” उनले भनिन् । उनले रवि र आफ्नो छोडपत्र गराउन चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल, विज्ञापन व्यवसायी निर्मल पौडेल र रविका सहयोगी दिपक बोहोर हात धोएर लागेको बताईन् । “मलाई रातदिन च्याटमा रविलाई छाडि दे रविलाई छाडिदे भन्नेहरु यी नै हुन् ।” निकिता र दिपकतर्फ संकेत गर्दै उनले भनीन्, “उनीहरुले पनि पैसामा मलाई पन्छाउन लागि परेका हुन् ।”

रवि लामिछानेको आत्मस्वीकारोक्ति

श्रीमान, म जीउँदै छु…
नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु।

मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ।

तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।

अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।६/७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तीगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा Status हुनेछ।

हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन। अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ।

कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन।ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।

हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन।

ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ त?

मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ।

पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु।

मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।

अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु।म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८:४५ मा news 24 टेलिभिजनमा प्रत्यक्ष आउछु।भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij