अफगानिस्तानमा सुनखानीमा पुरिएर ३० जनाको मृत्यु

अफगानिस्तानमा सुनखानीमा पुरिएर ३० जनाको मृत्यु

काबुल – अफगानिस्तानमा सञ्चालित एउटा सुनखानीमा भएको दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ। घटनामा अरु केही मजदुर पुरिएको आशंका गरिएकाे छ।

अफगानिस्तानको गृहमन्त्रालयका अनुसार कोहिस्तान जिल्लाको बदखश्तानमा सञ्चालित सुनखानीमा काम चलिरहेका बेला ढिस्को खस्दा ती मजदुर पुरिएका हुन्।

६० मिटर गहिरो खाल्डोमा मजदुरहरु सुन उत्खननको काम गरिरहेका थिए। अन्य ७ जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ग्रामीण क्षेत्रमा रहेको सुनखानीमा माफियाहरुको राज रहने गरेको छ। अव्यवस्थित रुपमा सञ्चालित सुनखानीमा सरकारी निकायले कुनै किसिमको निगरानी र नियमन गर्न सकेको छैन। जसका कारण साना–ठूला दुर्घटना हुने गरेका छन्।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij