काठमाडौं- नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले टेलिकमको एमडीमा अधिकारीलाई छानेको हो।
अधिकारीलाई विहीबारको मन्त्रीपरिषद्को बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा चयन गरेको सचना तथा सञ्चार मन्त्रालयका सचिव गुरुङले जानकारी दिए। उनले भने, ‘प्रबन्ध निर्देशक पदका लागि तीन जनाको सिफारिस परको थियो। त्यसमध्ये हामी कार्य मूल्यांकनको आधारमा अधिकारीलाई छानेका हौ।’
टेकलिकमको प्रबन्ध निर्देशकको लागि समितिले संगीता पहाडी अर्याल, बुद्धि प्रसाद आचार्य र डिल्लीराम अधिकारीलाई सिफारिस गरेको थियो।
अधिकारी सूचना,सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाका निकटका कर्मचारी मानिन्छन्। ४४ वर्षीया अधिकारी टेलिकमकै इतिहासमा सबैभन्दा कान्छा प्रबन्ध निर्देशक हुन। उनी दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।
यसअघि गत साउन २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई पदबाट हटाउने निर्णय गरेपछि टेलिकम नेतृत्वविहीन रहँदै आएको थियो।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्