बुटवल । बुटवल उद्योग वाणिज्य संघको सोमबार बसेको कार्यसमितिको बैठकले आउदो माघको अन्तिम साता बुटवलमा संघको आयोजनामा हुने कृषि मेलाको तयारी तिब्र बनाउने निणर्य गरेको छ ।
वालमन्दिर स्थित संघको कार्यालयमा बसेको बैठकले कृषि मेलाको आयोजकमा प्रदेश नम्वर ५ को सरकार कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय र प्रवद्र्धकमा बुटवल उपमहानगरपालिका सहित छिमेकी स्थानिय तहलाई राख्ने निणर्य गरेको छ ।
बैठकले कृषि मेलामा स्टल सहभागिता लागि किसान र व्यवसायीक प्रतिष्ठान तथा संघ सस्थाहरुलाई आब्हान गर्दै प्रदेश नम्वर ५ अन्र्तगतका सम्भव भएसम्मका सबै स्थानीय तहमा पत्राचार गरी त्यहा भएका कृषि उत्पादन, कृषक समुह र प्रबिधिलाई सहभागि गराउने निणर्य गरेको संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले जानकारी दिए ।
संघका अध्यक्ष तथा कृषि मेलाका संयोजक खिम बहादुर हमालको सभापतित्वमा बसेको बैठकमा मेलाका लागि गठित बिभिन्न उपसमितिका संयोजकहरुले अहिलेसम्म भएका तयारीका सम्वन्धमा जानकारी गराएका थिए ।
प्रकाशित मिति : सोमबार, पुष २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्