JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीमा प्रहरी र तस्करबीच फायरिङ, एक जनाको मृत्यु

रुपन्देहीमा प्रहरी र तस्करबीच फायरिङ, एक जनाको मृत्यु

रुपन्देही : रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाले जानकारी दिए।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०/३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गाेली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएकाे थापाले जनाए। प्रहरीकाे जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि थापाले बताए।

मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीकाे अनुमान छ। घटनास्थलबाट प्रहरीले अटाेमेटिक लाेडेड पेस्ताेल तथा तस्करले प्रयाेग गरेकाे युपी ५३ एच २०२८ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे छ।

प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएकाे गोली लागि एक प्रहरी जवान घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको छ।

रुपन्देहीमा तस्करी माैलाइरहेकाे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित बनेपछि प्रहरीले सर्च अपरेसन तथा जिल्लाका विभिन्न नाकाहरुमा आफ्नाे निगरानी बढाएकाे थियाे। एसपी थापाका अनुसार तस्करी भइरहेकाे विशेष सूचनाका आधारमा आज प्रहरीकाे एक टाेली रुपन्देहीकाे धकधयी र अर्काे टाेली श‌ंकरपुरतर्फ खटाइएकाेमा शंकरपुरमा साे घटना भएकाे हाे।

मृतककाे हालसम्म सनाखत हुन सकेकाे छैन। घटनाबारे थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : आइतबार, पुष २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij