बुटवल । यस वर्षको माघे सक्रान्तिमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दाबढी तरुल बजारमा भित्रिएपछि यस वर्ष गएकाे वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो ।
माघ सक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए ।
गएकाे वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साढे ९ सय टन भित्र्याएको छ ।
स्टक रहने डरले पनि यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए । व्यापारीहरुले फेरि स्टक रहने डरले पनि तरुलको मूल्य बढाउन नचाहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्तीपाइले तरुल बढीमा १ सय २० रुपैयाँमा बिक्री भैरहेको छ ।
गएकाे वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँ भन्दा बढिमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए । बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।
यो वर्ष सबैभन्दा बढि तरुल सर्लाही जिल्लाबाट काठमाण्डाै भित्रिएको छ ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे सक्रान्तिलाई लक्षित गरेर पिडालु १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ ।
सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भित्र्याइएको हो ।
हरेक वर्ष पुस महिनामा सबैभन्दा बढी तरुल विक्री हुने गर्दछ ।
माघे संक्रान्तिलाई तरुलको सक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको बिक्री अत्याधिक हुने गरेको हो ।
माघे सक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ ।
माघ सक्रान्तिमा तरुल खाएपछि चिसो आफैँ हटेर जाने जनविश्वास पनि रही आएको छ ।
प्रकाशित मिति : सोमबार, पुष ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्