तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले माघे सकरातीको अवसरमा भेट्घाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आज मंगलबार सम्पन्न गरेको छ ।
तिलोत्तमास्थित वनवाटिकामा आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमीरेले बोल्दै जातको आधारमा गरिने विभेद् अन्त्य हुनुपर्ने बताए ।
उनले उँच, निच र जातको कारण कुनै पनि क्षेत्रमा विभेद् नगर्न सबैसंग आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाले समुदायको विकासका लागि समावेशीपूर्ण ढंगबाट अगाडि बढ्ने समेत उनको भनाई थियो ।
विशेष गरि मगर र थारु समुदायले मनाउने माघेसकराती पर्वलाई सबै समुदायले सद्भावको रुपमा मनाउने भएकाले माघेसकराती पर्वले एकआपसमा मित्रता बढाउने विश्वास व्यक्त गरे । साथै नगरप्रमुख घिमिरेले मौलिक पर्वहरुलाई रचनात्मक ढंगबाट मनाउन पनि सुझाव दिए ।

नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी तथा नेता झम बहादुर गुरुङ, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष गीता सारु, सचिव कमल थापा, नेपाल मगर बुद्ध सेवा समितिका अध्यक्ष पूर्ण बहादुर थापा, समाजसेवी छत्र दर्लामी लगायतले बोल्दै चाडपर्वलाई आफ्नो मौलिकतासंगै जागरण र चेतना वृद्धि गर्ने अभियानको रुपमा मनाउनु पर्ने धारण ब्यक्त गरेका थिए ।
चाड भन्ने बित्तिकै खानेपिउने मात्र नभई सकारात्मक रुपमा समाज रुपान्तरणका लागि काम थालनी गर्ने दिन भएको उनीहरुको धारणा थियो ।
उपाध्यक्ष लिलमाया राना मगरको स्वागत तथा सचिव टिकाराम पुनको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ लोकदोहोरी कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
प्रकाशित मिति : मंगलबार, माघ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्