७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक माग, नासु र अधिकृत तहको जागिर खुल्यो

७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक माग, नासु र अधिकृत तहको जागिर खुल्यो

काठमाडौं–सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको प्रक्रिया सुरु गरेको छ। बिहिबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी गराएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख तथा श्रम मन्त्रालयका सह सचिव प्रकाश दाहालका अनुसार १५ दिनको म्याद राखेर संयोजकको लागि आजबाट दरखास्त आह्वान गरिनेछ । दरखास्त परेका मध्ये कम्प्युटरको माध्यमबाट ७५३ को दुई तिहाईको सुचि तयार गरेर उनीहरुको कम्प्युटर लगायतका परीक्षा लिइने छ । दरखास्त लिइसकेको १० दिनपछि नै परीक्षा संचालन हुने संयोक दाहालले जानकारी दिए ।

यस्तो परीक्षा सातवटै प्रदेशमा संचालन हुनेछ । परीक्षापछि छनोट हुनेले एक वर्षका लागि नियुक्ती पाउने छन् । तर उनीहरुको काम चित्त नबुझेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा मन्त्रालयले हटाउन सक्नेछ । परीक्षा पारदर्शी हुने भएकाले यहाँ कुनै किसिमको विभेद नहुने सहसचिव दाहालले प्रस्ट पारे ।

७५३ जना बाहेक संयोजकको लागि दरखास्त दिने पनि प्राथमिकता अनुसार सूचिमा समावेश हुनेछन् । खालि भएका ठाउँमा माथिल्लोक्रमबाट उनीहरुले अवसर पाउने छन्।

मन्त्रालयका अनुसार ढिलोमा पनि चैत एक गतेबाट बेरोजगार दर्ता, रोजगारदाताको दर्ता, रोजगारीका क्षेत्रको दर्ता सुरु हुने छ। मन्त्रालयले कार्यविधि तयार गरिसके र अब बस्ने मन्त्री परिषद् बैठकमा पेश गर्ने तयारी समेत भइसकेको छ । नियमावली यसअघि नै पारित भइसकेको छ।

यस्तै यस वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट रहेको पनि मन्त्रालयले जानकारी गराएको छ । यो बजेट प्रशासन खर्च र बाँकी बेरोजगारलाई भत्ता दिन नसकेमा निर्वाह भत्ता दिइने संयोजक दाहालले बताए ।

४८ वटा स्थानीय तहमा नासु सरहका संयोजक र बाँकीमा शाखा अधिकृत सरहका संयोजक नियुक्त हुने छन्। १० हजारभन्दा कम जनसंख्या भएका हिमाली जिल्लाका स्थानीय तहमा नासु स्तरका रोजगार संयोजक रहने छन्।

संयोजकहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तह दुबै प्रति उत्तरदायी भएर काम गर्नु पर्नेछ। सेवा केन्द्र संयोजकले प्रदेशको सम्बन्धित विषय हेर्ने मन्त्रालयसँग पनि समन्वय गर्नु पर्ने छ।

कार्यक्रमको बारेमा स्थानीय तह र प्रदेशमा पनि अन्योलता नरहोस् भनेर छलफल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

ऐनको दफा १० बमोजिम हरेक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहने छन् । रोजगार सेवा केन्द्रबाट गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची स्वीकृतिका लागि गाउँ वा नगरपालिकामा पेश गरिने छ।

स्वीकृत भएको बेरोजगार व्यक्तिको सूचीलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी सूचीकृत गर्ने र सूचीकृत बेरोजगारलाई लावग्राहीको परिचयपत्र वितरण गरिने छ। सेवा केन्द्रले रोजगारीका अवसरहरुको पनि अभिलेख राख्नेछ।

विभिन्‍न आयोजनामा माग भएअनुसार सूचीकृत बेरोजगारहरुलाई त्यहाँ खटाइने छ। बेरोजगारलाई आवश्यकता अनुसार तालिम प्रदान गर्न समेत सेवा केन्द्रले सिफारिस गर्नेछ। वैदेशिक रोजगारीमा जान चाहनेलाई पनि सेवा केन्द्रले नै आवश्यक सहयोग तथा सूचना प्रदान गर्नेछ।

प्रकाशित मिति : शुक्रबार, माघ ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij