बुटवलमा फागुन ३ देखि क्यान मेला हुने

बुटवलमा फागुन ३ देखि क्यान मेला हुने

बुटवल । कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवल मा यहि फागुन ३ गते बाट क्यान मेला आयोजना हुने भएका छ ।
क्यान महासंघ रुपन्देही ले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि ‘स्टार्ट वाईटेक क्यान ईन्फोटेक २०१९ ईन एशोसियसन विथ प्रभु पे ’ मेलाको मुख्य नाम दिईएको जानरि गराएको हो ।
फागुन ५ देखि ७ गते सम्म ५ दिन बुटवल मण्डप मा मेला आयोजना हुने क्यान महासंघ रुपन्देही का अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

क्यान महासंघ नेपाल का केन्द्रीय बरिस्ठ उपाध्यक्ष नवराज कुवरले यस पटकको मेला विगतको भन्दा बढि सुचना मैत्री र आधुनिक हुने बताए ।

मेलामाा कल १५० स्टल रहने जनाएको छ । २ लाख ले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाको प्रवेशमा विद्यार्थी को लागि ३० र अन्य सर्वसाधारण को लागि ५० रुपैयाँ टिकक राखिएको छ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल ९ क्यान० महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गर्ने भएको छ ।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि काठमाण्डौंमा आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई केहि वर्ष देखि जिल्ला स्तरमा र यो बर्ष देखि प्रादेशिक रुपमा देशको सातै वटा प्रदेशको अस्थायी राजधानीहरुमा सञ्चालन गर्न लागेको हो ।

‘ स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ प्रभु पे’ नाम दिइएको प्रर्दशनी फाल्गुण ३ देखि ७ गतेसम्म ९तदनुसार सन् २०१९ फेब्रुअरी १५ देखि १९० ५ दिन बुटवलको बुटवल मण्डपमा चल्नेछ ।

५ नं‍ प्रदेशको बुटवलमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

मेलालाई व्यवसायीहरूल व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ । र यो आठौं संस्करण हो ।

क्यान महासंघ रुपन्देहीले प्रर्दशनीको आठौें संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ ।

इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

आम जनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस इन्फोटेक अवलोकनका लागि अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ ।

इन्फोटेकमा २ लाख सर्वसाधारणहरुले अवलोकन गर्ने आयाेजककाे अपेक्षा छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २५ तोकिएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij