JanataToday.com

Advertisment

SKIP THIS

मौसमविद भन्छन् ‘आज पनि पानी पर्ने सम्भावना छ’

मौसमविद भन्छन् ‘आज पनि पानी पर्ने सम्भावना छ’

काठमाडौँ – केही दिनदेखि मौसममा देखिएको बदली आज (मंगलबार) पनि जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद सुजन सुवेदीका अनुसार मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने पूर्वी पहाडी र मध्य क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने उनले जानकारी दिए ।

मंगललबार उच्च पहाडी भूभागका केही स्थानमा सामान्य हिमपात हुने भएपनि बाक्लो हिमपातको सम्भावना नदेखिएको मौसमविद सुवेदीको भनाई छ ।
काठमाडौँ उपत्यकामा दिउँसो केहीबेर घाम लाग्ने सम्भावना रहेको उनले बताए । काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ देखि २० को बीचमा रहने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बुधबार देखि मौसममा थप बदली हुने र पानी पर्ने सम्भावना देखिएको मौसमविदहरुले बताएका छन् । पश्चिमी वायुको प्रभाव देशका पश्चिमी भेगमा बढी पर्ने मौसमविद सुवेदीले बताए ।

प्रकाशित मिति : मंगलबार, माघ १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij